भैरहवा । भैरहवामा आईतवार देखी बिद्यालय स्तरिय कृकेट प्रतियोगिताहुने भएको छ । रुपन्देही कृकेट संघको आयोजनामा भैरहवामा १८ मङ्सिर देखि २४ मङ्सिर सम्म स्व. शेर बहादुर सेन्चुरी मेमोरियल अन्तर बिद्यालय टि २० कृकेट प्रतियोगिता आयोजना हुने भएको हो ।
नियमित हुदै आएको यो प्रतियोगिता कोभिडका कारण बिगत दुुईबर्षदेखी सचांलनहुन सकेको थिएन । सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा जिल्लाका सस्थागत र निजिगरि १३ बिद्यालयको सहभागिता रहने संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा बिजेताले नगद ३० हजार रुपैया र ट्रफि तथा उपबिजेताले १५हजार रुपैया प्राप्त गर्नेछ्न ।
खेलमा प्लेयर अफ द टुर्नामेन्ट्ले ५०००, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २५०० तथा प्रत्येक दिनको म्यानअफ द म्याचले ५०० रुपैया र ट्र्फि प्राप्तगर्ने प्रतियोगिता संयोजक उदयकुमार मल्लिकले बताए । प्रतियोगिता सम्पन्नगर्न कुल २ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक पर्वत ज्वेलर्स रहेको छ ।



