काठमाडौं । निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनको बैठक आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने छ । बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा आबद्ध दल कांग्रेसले ५७ सिट, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।



