बुटवल । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ बुटवल ईकाइले विजया दशमी, दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार बुटवल आयोजित कार्यक्रममा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ बुटवल इकाईका शुभेच्छुक , नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराई हालै सम्पन्न बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २५ औं अधिबेशनबाट उद्योग उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा सम्मान गरिएको थियो ।
संघका अध्यक्ष राजबन्धु लामिछानेको अध्यक्षतामा एव नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ केन्द्रिय सह–कोषाध्यक्ष रन्जन गुप्ताकोे प्रमुख अतिथ्यता र केन्द्रिय पार्षद रबिन बस्यालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नव निर्वाचित बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष श्री सुरज भट्टराई, नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) लुम्बिनी प्रदेशका उपाध्यक्ष अमृत सुबेदी ,नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) रुपन्देही जिल्ला शाखाका सचिव कृष्ण पोखरेल पिन लुम्बिनीका अध्यक्ष चिरञ्जीवी पाण्डे , पिडान लुम्बिनी प्रदेशका सदस्य क्षत्र कुमार क्षेत्री , नेपाल फार्मेसी संघ रुपन्देही अध्यक्ष गणेश सेढाई , नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री गोविन्द तिवारी एनपिए रुपन्देहीका अध्यक्ष भोजराज बस्यालले लगायतले शुभ– विजया दशमी , शुभ– दीपावली , तथा छठ पर्वको शुभकामना दिनु भएको थियो ।
कार्यक्रम संयोजक प्रशान्त श्रीवास्तवको स्वागत र सचिव श्री हुमनाथ पाण्डे(अर्जुन ) को संचालनमा सम्पन्न भएको थियो ।



