भैरहवा । चर्को ब्याजदरको मारमा परेका व्यावसायिकको समस्या समाधान गर्ने उदेश्यले गृहमन्त्री बालकृष्ण खाणले मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या पारेको भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव मन्त्रीपरिषदमा राखेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री खाण सहित अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पनि अहिलेको मौद्रिक नीति र ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव राखे थिए । मन्त्री खाणले चर्को ब्याजदर घटाउन बित्तीय सस्थालाइ आग्रह गर्दै आएका थिए । उनले ब्याज दर नियन्त्रण नभए सरकारले हस्तक्षेप गर्ने चेतावनी पनि दिदै आएका थिए ।
मौद्रिक नीति र बैंकको ब्याजदरका कारण उद्योग एवं व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको गुनासो उद्योगी व्यवसायीहरुले राख्दै आएका छन् । सोही गुनासोलाइ सम्बोधन गर्न खाण सहित अन्य मन्त्रीले पहल थालेका हुन ।



