बुटवल । बुटवल–९ राजमार्ग चौराहास्थित सिद्धार्थ इन्टरनेशनल कलेजमा अध्ययनरत ५ जना विद्यार्थीले सर्वोत्कृष्ट नतिजासहित पोखरा विश्वविद्यालय टप गरेका छन् । गएको चैत्र महिनामा सञ्चालन भएको व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको परिक्षामा सहभागि भएका विद्यार्थीमध्ये ५ जनाले सर्वोत्कृष्ट नतिजासहित पोखरा विश्वविद्यालय टप गरेको कलेजका प्राचार्य दीपक भण्डारीले जानकारी दिनुभयो । अन्य विद्यार्थीहरुको समग्र नतिजा पनि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यस क्षेत्रकै उत्कृष्ट रहेको उहाँले जानकारी गराउनुभयो ।
विश्वविद्यालय टप गर्न सफल भएका विद्यार्थीहरुमा प्रतिभा पाण्डे, शान्ति डुम्रे, निकिता पाठक, विनिता भट्टराई र करुणा चौधरी रहेका छन् । सन् २००९ मा स्थापना भएको यस कलेजमा हाल व्यवस्थापन संकाय अन्तर्गत बि.बि.ए. र बि.बि.ए.(बैंकिङ्ग एण्ड इन्सुरेन्स) अध्यापन हुँदै आएको छ ।
यहाँ अध्ययन गरेका विद्यार्थीहरु बैंक तथा वित्तिय संघ संस्थाहरुमा आफ्नो छुट्टै पहिचान बनाई माथिल्लो तहमा काम गरीरहेका छन् भने केहिले उद्यमशीलताको क्षेत्रमा विशिष्ट योगदान दिइरहेका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा हाल ३ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।



