बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रिय सदस्य तथा सांसद मनिष झाले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगर र बमघाटमा गएको पहिरोको अवलोकन गर्नुभएको छ ।
पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि सांसद मनिष झाले चुरे पहिरो नियन्त्रण र संरक्षणका लागि सरकारलाई गम्भीर भएर लाग्न आग्रह गर्नुभयो । उहाँले चुरे पहिरो नियन्त्रणका साथै बस्ती सुरक्षाका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । ‘यसको नियन्त्रण र बस्ती सुरक्षा कसरी गर्न सकिन्छ । आवश्यक बजेट र प्रविधि तथा जनशक्ति परिचालनका लागि सरकारले हेलचक्र्याइँ गर्न पाउँदैन यस विषयमा संसदमा कुरा उठाउने छु–उहाँले भन्नुभयो ।
सो अवसरमा रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक रमेश लम्सालले यस पहिरो प्रभावित क्षेत्रको समस्यालाई स्थायी तरीकाले समाधान गर्नको लागी स्थानिय सरकार, प्रदेश सरकार,संघिय सरकारले उचित बजेटको व्यवस्था गर्नृपर्ने बताउनुभयो ।
अवलोकनमा बुटवल उपमहानगरपालिका वडा ३ का वडाअध्यक्ष बिष्णु ढकाल , चुरे सामुदायीक बन उपभोक्ता समुहको अध्यक्ष कमल केसी ,चुरे क्षेत्र हरियाली प्रबद्र्धन कार्यक्रम अन्तर्गत उपभोक्ता समिति बुटवल ३ र ४ को कोषाध्यक्ष शोभाखर पाण्डे , रास्वपा लुम्बिनी प्रदेस इन्चार्ज गणेश पौडेल , प्रदेश उपसभापति सालिकराम घिमिरे जिल्ला संयोजक बुद्धि प्रसाद शर्मा , नगर संयोजक राजन पाण्डे ,वडा न ३ संयोजक सुजन न्यौपाने, वडा नं.३ सचिव शिवदेव अर्याल, उपसंयोजक धुब्र बेल्वासे, लगायतको उपस्थिती रहेको थियो ।



