बुटवल । विश्वविद्यालय अनुदान आयोगद्वारा क्यू.ए.ए. मान्यताप्राप्त सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलमा स्नातकोत्तर तह एम.बि.एस. चौथो सेमेष्टरमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि एक दिने शोधपत्र लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
एम.बि.एस. मा अध्ययन गर्ने विद्यार्थीहरुले ६ क्रेडिट आवरको पाठ्यभार पूरा गर्नका लागि अनिवार्य रुपमा गर्नुपर्ने शोध प्रबन्ध लेखन संग सम्बन्धीत विषयवस्तु, लेखन प्रक्रिया, शोधपत्रको ढाचा, मूल्याङ्कन मापदण्ड, लगायतका विषयमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व सहायक डिन दिनेशमणी धिमिरे तथा व्यवस्थापन केन्द्रिय विभागका सह प्राध्यापक डा. मनोज कुमार चौधरीले विद्यार्थीहरुलाई सहजीकरण गर्नु भएको थियो ।
क्याम्पसका क्याम्पस प्रमुख विष्णु प्रसाद रानाको अध्यक्षता तथा व्यवस्थापन विभागका विभागिय प्रमुख रामनाथ उपाध्यायको संचालनमा भएको उक्त कार्यक्रममा व्यवस्थापन विभागमा प्राध्यापनरत प्राध्यापकहरु एम.बि.एस. चौथो सेमेष्टरमा अध्ययन गर्ने १०० जना भन्दा बढि विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।



