बुटवल । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ बुटवल इकाईको गत ९ गते सम्पन्न १७औ अधिवेशनमा नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार बुटवलमा सम्पन्न भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई स्कोन बुटवलका अध्यक्ष कृपालु गौर सुन्दर दासले नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
कार्यक्रममा नेपाल औषधि बिक्री तथा प्रतिनिधि संघको केन्द्रिय सचिव जीवन ज्ञवालिले निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै यस संस्थालाई अगाडि बढाउन सदैव आफ्नो साथ रहने बताउनु भयो । साथै उहाँले यस संस्थालाई उच्च स्थानमा राख्न संस्थाका पदाधिकारीहरुको एक रुपता हुन आवश्यक भएको बताउँदै विभिन्न संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका केन्द्रिय सदस्य रन्जन गुप्ता, पुर्व अध्यक्षहरु भानुभक्त पौडेल, उद्धव सिंह विष्ट ,विण्णु प्रसाद ढकाल , पुर्व सचिव विकास दाहाल, निवर्तमान अध्यक्ष भैरव दत्त पन्त ,निवर्तमान सल्लाहकार राज सिंह गान्धी, आलोक कुमार सिंह , उमेश कुमारले नव निर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिनु भएको थियो ।
नव निर्वाचित अध्यक्ष राजबन्धु लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन इकाईका सचिव हुमनाथ पाण्डेले गर्नुभएको थियो ।



