भैरहवा। नेपाली कांग्रेस रुपन्देहीले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालनको तयारी तिब्र पारेको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन गर्दै छ ।
अभियानको पुर्बसन्ध्यामा आइतबार रुपन्देहीको लागी खटिएका केन्द्रिय प्रतिनिधि एवम काङ्ग्रेस केन्द्रिय सदस्य चन्द्र केसिको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कार्यसमितिको बैठकले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गर्ने गरि तयारी अगाडि बढाएको हो ।
अभियानको पहिलो दिन माघ १६ गते सहिद दिवसको दिन पार्टी कार्यालय भैरहमा जिल्लाले वडा तहमा पठाउने जिल्लाका प्रतिनिधिहरुलाइ अभिमुखिकरण एबम सहिद दिवसको अबसमा विशेष कार्यक्रम गरि सुरुवात गरिने काङ्ग्रेस रुपन्देहिका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाले रुन्देहिका १ सय ५५ वटै वडामा प्रतिनिधि खटाउने छ ।
उनिहरु अभियान भर वडा एबम समुदाय स्तरमा केन्द्रित हुने छन । अभियानको माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन समापन हुने जनाइएको छ ।



