बटवल । ४२ औं स्थापना दिवस मनाउन लागेको संघले फागुन १५ गते स्थापना दिवसमा सार्वजनिक सेवा प्रवाहको कार्यालय, शैक्षिक संस्थामा विदा दिन माग गरेको हो । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले शनिवार पत्रकार सम्मेलन गरी स्थापना दिवसमा कार्यालय, शैक्षिक संस्थामा विदा दिन आग्रह गरेको छ । संघले हरेक समुदायको सांस्कृतिक र मौलिक पर्वमा सार्वजनिक विदाको व्यवस्था गर्न माग गरेको छ । संघका अध्यक्ष बसन्ती साठीघरे मगरले सबै शैक्षिक संस्था र कार्यालयमा पत्र दिन असम्भव भएकोले गत वर्षहरुमा जस्तै सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै संघले प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभुती घोषणा गर्न, मगर समुदायको संस्कृति संरक्षण, मगर भाषालाई सरकारी काम काजमा प्रयोग गर्न, विद्यालयमा मगर भाषा पठन पाठन गर्न, राज्यका हरेक क्षेत्रमा पुर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्न, पक्ष राष्ट्र रहेका आई एल ओ। १६९ लगायतका अन्तराष्ट्रिय सन्धी सम्झौताको पुर्ण पालना गर्न राज्य संग माग गरेको छ ।
संघले बुटवलमा फागुन १३ गते बुटवल उपमहानगर भित्र बसोबास गर्ने मगर अगुवाहरुमा नेपाल मगर संघको स्थापना, उद्धेश्य, राजनीति, सामाजिक, शिक्षा, सांस्कृतिक र धार्मिक विषयमा अन्र्तक्रिया गर्ने उपाध्यक्ष नुम थापाले जानकारी गराउनुभयो । स्थापना दिन फागुन १५ गते लखनचोकबाट सुरु भएको मगर भेषभुषा झांकी सहितको ¥याली मिलनचोक, नयांबसपार्क, भुड्की चोक, ट्राफिक चोक, श्रवणपथ हुदै दिपनगरको पितृ बाजी बज्या थानमा मुल समारोह हुने संघका सचिव हेमन्त थापाले जानकारी गराउनुभयो ।
समारोहलाई संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मगरहरु एकतावद्ध हुदै वि।सं। २०३९ साल फागुन १५ गते तनहुंको दमौलीमा प्रथम राष्ट्रिय भेला भएको थियो । यसै दिनलाई विश्वभर छरिएर रहेका मगरहरुले स्थापना दिवस मनाउदै आएका छन् । रुपन्देहीका सबै पालिकामा विविध कार्यक्रम गरी स्थापना दिवस मनाउन लागिएको संघका जिल्ला उपाध्यक्ष थर्क बहादुर बारघरेले जानकारी दिनुभयो ।
जनगणनाको क्रममा आफ्नो थरको पछाडी मगर नलेख्दा धेरै मगरहरु सुचिकृत हुन छुटेको संघको दावी छ । २०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्यामा मगरको संंख्या तेस्रो र जनजाति समुदायमा पहिलो स्थानमा रहेको छ ।



