बुटवल । बुटवल बहुमुखी क्याम्पस समाजशास्त्र विभाग स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले सोधमुलक अन्तरक्रिया तथा बनभोज कार्यक्रम सम्पन्न गरेका छन ।
तिलोत्तमा नगरपालिका वडा नं.२ स्थित वनवाटिकामा आयोजित वनभोज कार्यक्रममा समाजशास्त्र विभाग स्नातकोत्तरका विभागिय प्रमुख जिवनारायण अधिकारी, प्राध्यापकहरु लेखनाथ खनाल, सिताराम भट्टराई, केशव भट्टराई, गोपाल भण्डारी, टेकराज तिवारी लगायत तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सोधमुलक अन्तरक्रिया कार्यक्रमको विभागिय प्रमुख जिवनारायण अधिकारीले सहजीकरण गर्नुभएको थियो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरुको सिकाईलाई थप प्रभावकारी बनाउने बताउनु भयो । विभिन्न जिल्ला बाट अध्ययनको लागि भर्ना हुने तर नियमित रुपमा क्याम्पस नआउने विद्याथीलाई साथी साथी विचमा परिचित हुने मौका मिल्ने बताउनु भयो । उहाँले समाजशास्त्र विषय अध्ययन गर्ने विधार्थीले समाजलाई राम्रोसंग अध्ययन गरेर समाजमा केहि न केही परिवर्तन ल्याउन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्राध्यापकहरु लेखनाथ खनाल, सिताराम भट्टराई, केशव भट्टराई, गोपाल भण्डारी, टेकराज तिवारीले दोस्रो सेमेस्टरमा राम्रो नतिजा ल्याएर उत्तिर्ण हुने विधार्थीलाई बधाइ दिनुभयो । सो कार्यक्रममा प्राध्यापकहरु साथै दोस्रो सेमेष्टरमा उत्कृष्ट जिपिए ल्याई उत्तिर्ण हुने ७ जना विधार्थीलाई सम्मान गरिएको थियो । समान ३.७ जिपिए ल्याएर प्रथम हुने मीना बस्नेत, रन्जिता गौतम ज्ञवाली र प्रकृती काफ्ले , ३.६२ जिपिए ल्याएर द्वितिय हुने जिवनाथ पाण्डे, सन्तोष कार्की र भुइसरी तरामु साथै ३.५६ जिपिए ल्याएर तृतिय हुने शोभा सुवेदीलाई सम्मान गरिएको थियो ।
सम्मानित विधार्थीको तर्फ बाट मीना बस्नेतले उत्कृष्ट अंक ल्याउनको लागि विषयवस्तुको गहिराईमा पुगेर अध्ययन गर्नुपर्ने बताउनु भयो । शिक्षक र विधार्थीसंग तालमेल राम्रो भएमा अध्ययनलाई थप मजबुद हुने बताउदै समाजशास्त्रका सम्पुर्ण शिक्षकलाई धन्यवाद दिनुभयो ।
साथै उहाँहरुको सहि मार्गदर्शनले नै आफ्नो उत्कृष्ट जिपिए आएको बताउनुभयो । खेम पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिता पौडेलको स्वागत र कार्यक्रमको संयोजक सागर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।



