रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँ नै नेपाली कांग्रेस प्रबेश गर्दै गृहमन्त्री बालकृष्ण खाँणलाई समर्थन गरेको छ । गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार खाँण र प्रदेशसभा ३ (क)का उम्मेदवार सन्तोषकुमार पाण्डेयलाई समर्थन गर्दै उक्त गाउँ नेपाली कांग्रेसमा प्रबेश गरेको कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।
मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँबाट शनिवार आयोजित कार्यक्रममा १ सय ५१ जना पार्टी प्रबेश गर्दै नेपाली कांग्रेसको सदस्यता समेत लिएका छन् । प्रबेश गर्नेहरुमा एमालेबाट निर्वाचित पूर्व वडासदस्य अस्गर अली फकीर लगायत रहेका छन् । उनले नेता खाँण रुपन्देहीको मात्र नभई सिंगो मुलुकको नेता तथा यस क्षेत्रको अविभावक समेत भएकाले गाउँले उहाँको पक्षमा समर्थन जनाएको जानकारी दिए । उनीहरुलाई पार्टी सदस्यता प्रदान गर्दै गृहमन्त्री खाँणले देस बिकास र शुसासनको अभियानमा लागेको गठबन्धनलाई बिजयी गराउन जुट्ने सवैलाई धन्यबाद दिए । उनले कांग्रेस सवैको पार्टी र सवै अट्ने पार्टी भएको स्मरण गराउँदै आगामी दिनमा बर्तमान बेवस्था बचाउँदै जनताको अवस्था बद्ने अभियानमा सहकार्य गरेर अगाडि बढ्ने जनाए ।



