भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य रामनवल चौहान नेपाली कांग्रेस प्रवेश गरेका छन् । रुपन्देहीको मायादेवी गाँउपालिका वडा नम्बर ८ का बासिन्दा चौहानलाई गृहमन्त्री तथा रुपन्देही–३ मा पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाणले पार्टी सदस्यता प्रदान गरे ।
चौहान खाणसँग प्रतिनिधि सभामा प्रतिष्पर्धा गरिरहनुभएका राप्रपाका उम्मेदवार दीपक बोहोराका विश्वासपात्र पनि थिए । चौहान राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएरसमेत काम गरिसकेका थिए । उनि संगै राप्रपाको रुपन्देही ३ मा राम्रो पकड भएका ओमकुमार कहारसहित एक सय बढी युवाहरु पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेपछि चौहानले आफूलाई कांग्रेसको नीति, सिद्धान्त र जोजना मन परेर पार्टी प्रवेश गरेको र क्रियाशील भएर लाग्ने बताए । गृहमन्त्री र कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका खाणले चौहानलाई पार्टीले उचित जिम्मेबारी दिने बताए ।



