काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची तयार गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तुँगाउन नसकेपछि आज अपरान्ह बालुवाटारमा बसेको पदाधिकारीको बैठकले २९ महिला र ३ पुरुष गरी ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउनका लागि सूची तयार गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबाट सिफारिस गरिएको नाममा नै पदाधिकारी बैठकमा सहमति जुटाइएको छ । कांग्रेसको समानुपातिकमा पर्ने ३ पुरुष तर्फ जीवन परियार (दलिततर्फ), विमलेन्द्र निधि (मधेशतर्फ) र प्रकाशशरण महत (खस आर्यतर्फ) परेका छन् ।
यी हुन् कांग्रेसले तय गरेको २९ महिला
आदिवासी जनजातितर्फः
१ .सरस्वती बजिमय
२ . लिलादेवी बोखिम
३. सिता कुमारी राना
४ . सुशीला थिङ
५ . सपना राजभण्डारी
६ . माया राई
७ . कुसुम थापामगर
८ . मनोरमा सेरचन
खस आर्यतर्फ
१ . अम्बिका बस्नेत
२ . सरिता प्रसाईं
३ . आरजु राणा देउवा
४ . ईश्वरी न्यौपाने
५ . प्रतिमा गौतम
६ . मञ्जु खाँण
७ . रमा कोइराला पौडेल
८ . कान्तिका सेजुवाल
९ . मैना रावल कार्की
मधेशी तर्फ
१ . नागिना यादव
२ . मुक्ता कुमारी यादव
३ . चन्दा चौधरी
४ . संगिता मण्डल
५ . निनुकुमारी कर्ण
दलित तर्फ
१ . शान्ति विक
२ . रुपा विक
३ . सीता मिजार
४ . आशा विक
थारु तर्फ
१ . कल्पना चौधरी
२ . विना कुमारी थनेत
मुस्लिम तर्फबाट
१ . जावेदा खातुन् जागा



