काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो ।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।
योसँगै प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्रस्ताव बहुमतले पारित भएको ज्येष्ठ सदस्य राणाले जानकारी दिए । उनका अनुसार मतदानमा २७० जना सहभागी भएका थिए ।



