कपिलवस्तु / बरवा कृषि सहकारीको १३ औं साधारण सभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवामा रहेको उक्त सहकारीले २३ गते शनिवार वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सहकारी स्थानीय जनताको लगानी गरेर बनाएको संस्था भएकोले आफ्ना शेयर सदस्यको माग अनुसार कार्ययोजना बनाएर सहकारी अगाडि बढ्नु पर्ने बताए ।
उनले नेपाली पूँजी धेरै बाहिरिएकाले स्थानीय उत्पादनलाई प्रवर्धन गरेर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । उनले बाणगंगा उर्भर भूमि भएकाले कृषि उत्पादकत्व बृद्धि गरेर अन्यत्रको पूँजी नगरमा भित्रयाउँदै आत्मनिर्भर बन्न सकिने बताए । कार्यक्रममा वाणगंगा नगरपालिका प्रमुख चक्रपाणि अर्याल, वडा नम्बर ११ का अध्यक्ष नरेन्द्र प्रसाद चौधरी ,निबर्तमान वडा अध्यक्ष सोम प्रसाद अर्याल, वडा सदस्यहरु शारदा केसि, सावित्रा वि.क., जगनारायण थारु,वाजबुल लैन शाहा, जगन्नाथ मरासिनी लगायतले शुभकामना दिएका थिए ।
संस्थाको पाँचौ अधिवेशनबाट रामनारायण मरासिनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा यम कुमारी गाहा, सचिवमा कृष्ण प्रसाद खनाल, सह सचिवमा बलराम आर्चाय, कोषाध्यक्षमा हरिद्वार चौधरी तथा सदस्यहरुमा नर्मदा भुसाल, राधा भट्टराई, हेमनाथ ज्ञवाली, ढककला अर्याल,सत्यदेव चौधरी र यादव घिमिरे निर्वाचित भएको छन् ।
साथै लेखा समितिको संयोजकमा बिष्णु प्रसाद खनाल र सदस्यहरुमा प्रकाश आचार्य र लक्ष्मी गौतम निर्वाचित भएको शहकारीका व्यवस्थापक चुडामणि पौडेलले बताए ।



