बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन आह्वान गर्नु भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यहि जेठ १२ गते शुक्रबार दिनको १ बजेलाई प्रदेश सभाको अधिवेशन आह्वान गर्नु भएको हो । प्रदेश सभा अधिवेशन प्रदेश सभा भवन, राप्ती उपत्यका (देउखुरी) मा हुनेछ ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सभाको अधिवेशन आव्हानको लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मंगलबार प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएको थियो ।



