रुकुम पूर्व । रुकुम-पूर्वको सैपातुङ्मा विश्व स्तनपान सप्ताहको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ गतेसम्म साप्ताहिक रुपमा विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । सोही अवसरमा भूमे गाउँपालिका-२ काँक्री स्वास्थ्य चौकी अन्तरगत सैपातुङ्मा नियमित खोप कार्यक्रमसङ्गै विश्व स्तनपान सप्ताह एक अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको हो ।
स्वास्थ्य कार्यालय रुकुम पूर्व र भूमे गाउँपालिकासङ्गको समन्व तथा फेयरमेडरएच.डि.सि नेपालको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ४३ जना गर्भवती तथा सुत्केरी महिलालाई खोपको महत्व, स्तनपानको सही विधी एवं थप तथा पुरक आहार लगायतका विषयमा जानकारी गराइएको एच.डि.सि नेपालका परियोजना संयोजक उदय के.सि ले जानकारी दिनुभयो । साथै गर्भवती तथा सुत्केरी आमाहरुको अभ्यास पनि आदान-प्रदान गरिएको थियो ।
सो कार्यक्रममा स्वास्थ्य कार्यालय रुकुम-पूर्वका मलेरिया निरीक्षक रत्नलाल शर्मा, जनस्वास्थ्य निरीक्षक यादब शर्मा, एच.डि.सि नेपालका परियोजना संयोजक उदय के।सी, फेयरमेडका साझेदारी तथा स्वास्थ्य प्रशासन अधिकारी दानबहादुर कार्की, काँक्री स्वास्थ्य चौकीका अहेव बिरेन्द्र बुढाथोकी, एच.डि.सि नेपालका फिल्ड अधिकृत मदन शर्मा, सामाजिक परिचालक उषा छिनाल लगायतको उपस्थिति रहेको थियो ।



