बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले सञ्चार माध्यमलाई छुटएको बजेट समानुपातिक ढंगले खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आगामी आर्थिक वर्षको लागि बिनियोजित बजेटमा निजि क्षेत्रबाट सञ्चालित मिडियालाई बजेट दिएको भन्दै बिरोध तथा आलोचना हुन थालेपनि चौधरीले सञ्चार माध्यममा आएजस्तो छरप्रस्ठ बजेट खर्च नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयोे ।
बुटवलमा आईतबार पत्रकारहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश भित्रका सबै मिडियालाई हेर्न दृष्टीकोण एउटै रहेको रहेको बताउँदै नीति तथा कार्यविधि बनाएर व्यवस्थीत र समानुपातिक ढंगले सञ्चार मन्त्रालय मार्फत नै बजेट खर्च हुने बताउनुभयो ।
बजेटमा दाङ केन्द्रीत मिडियालाई मात्रै बजेट बिनियोजन गरेको गुनासो आफुसमक्ष समेत आईरहेको बताउँदै मुख्यमन्त्री चौधरीले मिडियाको क्षेत्रमा छुट्टाईएको १२ करोड रकम समावेसी ढंगले बिनियोजन गरिने दोहो¥याउनुभयो । उहाँले सांसदहरुले आफुले पाएको सिलिंङ अनुसार मिडियाको नाममा बजेट मागेको भएपनि त्यो पैसा खर्च गर्न नमिल्ने बताउँदै ती बजेटलाई एकमुष्ट बजेटमा समावेस गरी खर्च गर्ने बताउनुभयो ।
‘मिडियामा जसरी दाङको मुख्यमन्त्री र अर्थमन्त्री भएकोले दाङमा बढि बजेट गएको छैन्, समान ढंगले बितरण भएको छ ।’ उहाँले भन्नुभयो,‘सञ्चार क्षेत्रमा पनि एकमुष्ठ बजेटनै छ। एकल रुपमा आएका बजेट खर्च गर्न मिल्दैन, ति सबैलाई एउटै शिर्षकमा समावेस गरेर समानुपातिक ढंगले बितरण गर्नेछौँ ।’
उहाँले लुम्बिनी प्रदेशलाई पर्यटकीय प्रदेश बनाउने योजना अन्तरगत लुम्बिनी प्रदेश सरकारको आयोजनामा नेपालमै पहिलो पटक लुम्बिनीमा ‘लिडर टु लोरेन्स’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
बुद्ध जन्मस्थल लुम्बिनी सहित बुद्ध सर्किट रहेको लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटक भित्र्याउनको कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । सन २०२४ जनवरी १५ मा हुने कार्यक्रममा झण्डै १ दर्जन नोवेल पुरस्कार बिजेताहरु(लोरेन्स) र करिब १ दर्जन राष्ट्रका राष्ट्र प्रमुख कार्यक्रममा सहभागि हुने उनले जानकारी दिनुभयो ।
उहाँले लुम्बिनी प्रदेश सरकार अहिले रोजगारी शिर्जनाको काममा लागिरहेको बताउँदै यो कार्यक्रम बाट पनि रोजगारी सिर्जना हुनेगरि तयारी भईरहेको बताउनुभयो ।
‘बुद्ध जन्मस्थल लुम्बिनी हामीसँग छ, यसलाई हामीले केन्द्रमा राखेर पर्यटकीय परिपथ बनाउदा सबै क्षेत्रमा रोजगारी सिर्जना हुँन्छ ।’ उहाँले भन्नुभयो,‘लिडर टु लोरेन्स’ कार्यक्रमले पनि रोजगारी सिर्जना गरोस भन्ने हिसाबले हामीले तयारी थालिरहेका छौँ।’



