भैरहवा– रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाणले मतान्तर फराकिलो गराउँदै लगेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले १४ हजार ३६६ मत प्राप्त गरेका छन् ।
खाणका निकटतम प्रतिस्पर्धी राप्रपाका नेता दीपक बोहराले १२ हजार ३१८ मत पाएका छन् । खाण र बोहराबीचको मतान्तर २ हजार ४८ छ । अहिले सिद्धार्थनगरका विभिन्न वडाहरुको गणना चलिरहेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।



