बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १३मा अवस्थित नागरिक टोलमा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
नागरिक टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा सरसफाइ कार्यक्रम पछि टोलबासी लाई अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे ले सम्बोधन गर्दै सरसफाइ कार्यक्रम विगतमा पनि गरिएको अब पनि अभियान कै रूपमा निरन्तरता दिइने बताउनुभयो ।
उहाँले टोलको हरेक स्थानमा सफा राख्ने साथै घर घरमा पालिएका कुकुरले जतासुकै फोहोर गर्न नपाइने, कुकुरको लागि पनि सौचालयको व्यवस्था स्वयम् कुकुर धनीले नै गर्नुपर्ने र त्यसो नगरेमा सम्बन्धित कुकुर धनीलाई जरिवाना तिराउने बताउनुभयो ।
कार्यक्रममा करिव १३० जनाको सहभागिता रहेको नागरिक टोल विकास संस्थाका सचीव लिलाधर पाण्डेले जानकारी दिनुभएको छ ।



