बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही जिल्ला शाखाले क्यान्सर रोगबारे सचेतना फैलाउने भएको छ । जिल्ला सभापति खिम बहादुर हमालको सभापतित्वमा सम्पन्न भएको बैठकले क्यान्सर रोगबाट बच्ने उपायका बारेमा जानकारी सहितको सचेतना कार्यक्रको आयोजना गर्ने भएको हो ।
बैठकले फेब्रुअरी ४ मा हुने विश्व क्यान्सर दिवसको दिन बुटवलको मिलनचोकमा क्यान्सर रोगबारे सचेतना फैलाउन जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, राजनैतिक दलका जिल्ला स्तरीय नेतृत्व, स्वास्थ्यकर्मी, बुद्धिजीवी, उद्योगी, व्यवसायी, युवा विद्यार्थी, स्वयंसेवी सस्थाको सहभागीतामा प्लेकार्ड प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । कार्यक्रम को संयोजनका लागि उपसभापति बीना न्यौपानेलाई संयोजक तोकेको छ ।
बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को प्रभाकारी कार्यन्वयनका लागि दबाव स्वरुप जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय रूपन्देही लाई माघ ५ गते ध्यानाकर्षण पत्र बुझाउने निर्णय समेत गरेको छ ।
बैठकमा उपसभापति सुरेन्द्र प्रसाद श्रेष्ठ, सल्लाहकार निर्मल प्रसाद लाकौल, मधुसूदन गैरे, हरिप्रसाद अर्याल, बाबुराम बिक, सुरेन्द्रमुनी शाक्य, पुनम पौडेल, उमादेबी थापा, चोला प्रसाद पाठक, इन्दिरा पाण्डे, रमेश पराजुली, निमा थारू लगायतले धारणा राख्नुभएको जिल्ला सचिव प्रजापाल गिरीले जानकारी दिए ।



