बुटवल । बन्धु बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः दिपक पाठक चयन हुनु भएको छ । सहकारीको शनिबार तिलोत्तमा नगरपालिका ६ मा रहेको तिलोत्तमा पार्कमा सम्पन्न १७ औं साधारण सभा तथा सातौं अधिवेशनले पुनः दिपक पाठकको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बिश्व पाठक, सचिवमा बालकृष्ण पाठक, कोषाध्यक्षमा गोपाल पाठक सहित सदस्यहरु सर्वसम्मत चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा रमेश पाठक, गोविन्द पाठक, निर्मला सुवेदी, पुनम पाण्डे, राधिका पाण्डेय, युवराज पाठक, टिकाराम पाठक भयन हुनुभभएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा कृष्ण प्रसाद पाठक र सदस्यहरुमा नवराज पाठक र गोविन्द पाठकलाई चयन गरिएको छ । सम्पन्न साधारण सभाले सेयर पूँजी बृद्धि गर्न चाहेका शेयर सदस्यहरुलाई सेयर रकम थप गर्न सकिने निर्णय गरेको छ ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै कौण्डिन्य गोत्रिय पाठक समाजका संस्थापक अध्यक्ष रोमणी प्रसाद पाठकले सहकारीले बचत संकलन र ऋण प्रवाह गर्ने भन्दापनि सदस्यहरुको आर्थिक,सामाजिक उत्थान गर्नमा हातेमालो गर्दै अगाडी बढ्नु पर्र्ने बताउनुभयो । उहाँले यस सहकारीले सवै बन्धुहरुलाई गोलबन्ध गराई भाईचाराको सम्बन्ध बढाएको बताउनुभयो ।
कार्यक्रममा कौण्डिन्य गोत्रिय पाठक समाजका अध्यक्ष टिकाराम पाठकले पाठक बन्धुहरुको आर्थिक स्तर अगाडी बढाउनको लागि स्थापना गरिएको सहकारीले पछिल्लो समयमा धेरै सेयर सदस्यलाई उत्कृष्ट व्यवसायी बनाएको बताउनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य मुक्ति प्रसाद पाठकले सहकारीहरु उत्पादन र सामाजिक क्षेत्रमा लाग्नु पर्ने बताउनुभयो । सहकारीहरु नाफामुखी नभई सेवामुखी बन्नु पर्ने भन्दै पाठकले स्थानीय स्तरमा उत्पादनका क्षेत्रमा लगानी वढाउदै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवदेन ,कोषाध्यक्षको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा शेयर सदस्यका छोराछोरी मध्ये गत वर्षको एसर्ईईमा र १२ मा उत्कृष्ट अंक ल्याउने विधार्थी लगायत उत्कृष्ट उद्यमी सेयर सदस्यलाई सम्मान गरिएको थियो ।
३ सय त्रिचालित जना शेयर सदस्य रहेको सहकारी संस्थाको शेयर पुँजि ३५ लाख ३२ हजार रुपैयाँ छ भने ३ करोड २६ लाख ४२ हजार ९ सय १९ रुपैयाँ बचत संकलन गरेको छ ।



