बुटवल । उपमहानगरपालिकाको अत्यधिक व्यस्त सडक तिनकुने – होराइजनचोक र योगिकुटीमा रहेका अव्यवस्थित डिभाइडरलाई नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीको अगुवाईमा हटाइएको छ ।
नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक अध्यक्ष प्रसान्त कोइरालाको नेतृत्वमा डिभाइडरहरु हटाइएको हो । बुटवल उपमहानगरपालिकालाई बाराम्बार अनुरोध गरेतापनी कुनै सुनुवाई नभएपछी उक्त डिभाईडर हटाइएको कोइरालाले बताउनुभयो ।
उहाँले सडक बत्ती , छाडाचौपायको व्यवस्थापन भएपछी पुन बुटवल उपमहानगरपालिकालाई सहयोग गरि व्यवस्थापनमा तरुण दल अग्रसर रहने बताउनुभयो । साथै उहाँले डिभाईडरहरु हटाएपछी दुर्घटना न्यूनीकरण हुनेछ भन्ने अपेक्षा गरेको बताउनुभयो ।
डिभाइडर हटाएपछी तिनकुनेमा कोण सभा गरि तरुण दल तथा विद्यार्थीलाई सहयोग गरि सभ्य र असल समाज बनाउन लागेका जागरुप युवाहरुलाई कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेविसंघ केन्द्रीय सदस्य बालाराम पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा नेवीसंघ रुपन्देहीका सभापति सन्दिप पाण्डे , तरुण दल क्षेत्रीय सभापती हसन्त लामा लगायत तरुण तथा युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।



