बुटवल । जेसीज वर्ष सन् २०२४ को नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । हिजो १२ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३ का अध्यक्ष प्रकाश गौतमले वर्ष २०२४ का नवनिर्वाचित अध्यक्ष महेश शर्मा पौडेललाई पद हस्तान्तरण गर्नुभयोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले समाज रुपान्तरणका लागि सामाजिक रुपमा स्थापित क्लबहरुको भूमिका अहम रहने बताउनुभयो ।
नगर प्रमुख खाणले देश र समाजमा भौतिक विकासको काम तीव्र गतिमा भइरहे पनि सामाजिक बिकासको काम धेरै बाँकी रहेको बताउनुभयो ।’ सामाजिक रुपान्तरणका लागि हरेक युवा समुदाय तथा सामाजिक संघ–संस्थाको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । क्लब संघ संस्थाले समाजमा एकता ल्याउने भन्दै नगरप्रमुख खाणले तिलोत्तमा जेसिसले गरेको सामजिक कार्यप्रति आभार ब्यक्त गर्नुभयो ।
सो अवसरमा बोल्दै नव निर्वाचित अध्यक्ष महेश शर्मा पौडेलले आफ्नो कार्यकालमा समाजका हरेक क्रियाकलाप र क्लबले गर्ने सामाजिक सेवाका धेरै योजनामा आफु केन्द्रित रहेको र अघिल्लो समितिले पुरा गर्न नसकेका योजनाहरुलाई समेत निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा वडा नम्बर २ का वडा अध्यक्ष डिलबहादुर भट्टराई, ३ का अध्यक्ष कल्याण पौडेल, ७ का अध्यक्ष देवीलाल पंगेनी, ८ का अध्यक्ष कृष्ण पौडेल, ९ का अध्यक्ष ध्रुव न्यौपाने,प्रकास गौतम, समाजसेवी शरद भट्टराई, प्रकाश न्यौपाने,नेपाल जेसीजका निरुपती कार्यकारणी उपाध्यक्ष सन्दिप अग्रहरी, निरुपित उपाध्यक्ष गणेश सापकोटा, नेपाल चिकित्सक संघका लुम्विनी अध्यक्ष डा. कृष्ण खरेल, तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष सिनेटर विनोद ढकाल, पुर्व अध्यक्ष विनोद सुबेदी, निशानबाबु कार्की, जिवन गौतम, ईश्वर पाण्डे, लोक प्रसाद भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रम संचालन पूर्व अध्यक्ष बासुदेव शर्मा र स्वागत कार्यक्रम संयोजक शुलभ बन्जाडेले गर्नुभएको थियो ।



