भैरहवा ।
प्रथम राइजिङ्ग स्टार जुनियर जिल्ला स्तरिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा एसओएस बालग्राम भैरहवाको टिम प्रथम भएको छ । भैरहवामा सम्पन्न प्रतियोगितामा सैनामैनाको तेक्वान्दो क्लब दोस्रो भएको छ । त्यस्तै बुटवल तेक्वान्दो डोजाङ्ग तेस्रो र भैरहवाको राइजिङ्ग स्टार तेक्वान्दो डोजाङ्ग अनुशासित टिम भएको छ ।
आयोजक संस्था राजिङ्ग स्टारका अध्यक्ष रामप्रसाद कहारका अनुसार प्रतियोगितामा २१ डोजाङ्गको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी टिमलाई मेडल र प्रमाणपत्र दिइएको थियो ।




