भैरहवा । रुपन्देहीमा अबकास प्राप्त शशस्त्र प्रहरिहरु संगठित भएका छन् । पुर्व शशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको सभापतित्वमा बसेको बैठकले पुर्व सशस्त्र प्रहरी संघ रुपन्देही जिल्ला तदर्थ समितिको गठन गरेको छ ।
जसको अध्यक्षमा रामकृष्ण हमाल चयन भएका छन् । हमालको अध्यक्षताम ११ सदस्यीय तदर्थ समिती गठन गरिएको छ । भेलामा अबकास प्राप्त ३१ जना शशस्त्र प्रहरी कर्मचारिहरुको सहभागीता रहेको थियो । छुटेका अन्य कर्मचारीहरुलाइ पनि संघमा आवद्ध गराउने योजना रहेको पुर्ब शशस्त्र कर्मचारी जय बहादुर नेपालिले जानकारी दिए ।



