तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा तथा दोस्रो अधिवेशनको प्रथम बैठक सम्पन्न भएको छ । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न नगरसभाले , नगरको आर्थिक ऐनको संशोधन, बजेट योजना तथा कार्यक्रम म्याद थप,बेरुजु अनुमोदन तथा एकीकृत सम्पत्ति,घर,जग्गा,बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिबेदन लगायतका निर्णयहरु भएका छन्।
नगरसभाले तिलोत्तमा नगरपालिकाको आर्थिक ऐनको संशोधन र बजेट योजना तथा कार्यक्रम म्याद थप,बेरुजु अनुमोदन तथा एकीकृत सम्पत्ति,घर,जग्गा,बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिबेदन लगायतका निर्णय सर्व सहमतिमा पारित गरेको छ । नगरसभामा आएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण उपप्रमुख जगेश्वरदेवि चौधरी र नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए ।
नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझाव सहित कार्यपालिका सदस्य ,नगरसभाका सदस्यहरुले राखेका भनाई र नगरको प्रसासनिक नीतिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आबश्यक सहजीकरण गरेका थिए ।
नगरसभामा सबै वार्ड अध्यक्ष एबम कार्यपालिका सदस्य, नगरासभा सदस्य तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख माधव पोखरेल,लेखा प्रमुख रमेश बश्याल,सूचना प्रबिधि प्रमुख ई सुदिप ढकाल लगायत बिषयगत कर्मचारीहरुको सहभागिता रहेको थियो।



