बुटवल । निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले आफ्नो निर्वाचन क्षेत्र र गृह जिल्लाका नागरिकको सुख, दुःखमा साथ दिईरहेका छन् ।
शनिबार काठमाडौँबाट रुपन्देही आएका खाणले जिल्लाका विभिन्न स्थानमा पुगेर विभिन्न कारणबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका हुन । जिल्लाका ६ स्थानमा घरमै पुगेर आफन्तजन स्वर्गारोहण भएका परिवारमा समवेदना प्रकट गरेका छन् ।
खाणले शनिबार सिद्धार्थनगर नगरपालिका २ स्वर्गारोहण भएकी सुमित्रा डि.सी.को परिवार, ओमसतिया गाँउपालिका २ मा स्वार्गारोहण भएकी वर्षाती ठाकुरको परिवार, सियारी गाँउपालिका ३ मा स्वर्गारोहण भएका वृहस्पती थारुको परिवारलाई घरमै पुगेर समवेदना प्रकट गरे ।
त्यस्तै, शुद्धोधन गाँउपालिका २ मा पूणर्बहादुर कुँवरको परिवार, तिलोत्तमा नगरपालिका ९ मा कणि पुनको परिवार र तिलोत्तमा नगरपालिका ८ मा गंगाधर रिजालको परिवारलाई समवेदना प्रकट गरेका हुन ।



