भैरहवा । रुपन्देहीको भैरहवास्थित पक्लिहवा क्याम्पस (कृषि क्याम्पस)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदानका क्रममा एक बिद्यार्थीले मतपेटिकामा मसी हालेका छन् । बिद्यार्थी रबिन ढकालले सिरन्जमा मसी हालेर मतपेटिकामा राख्दै गर्दा प्रहरीले उनलाइ नियन्त्रणमा लिएको हो ।
कृषि क्याम्पसमाअखिल (अनेरास्ववियु) र नेविसंघको गठबन्धनबाट प्रविन बस्याल र स्वतन्त्र उम्मेदवार सुवाष भुसाल अध्यक्ष पदको उम्मेदवार छन् । मतदानको क्रममा अखिल क्रान्तीकारीका ढकालले सिरन्जमा मसी हालेर मतपेटिकामा राख्ने प्रयास गरे पनि निर्वाचन र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।
निलो मसीले भरिएको सिरन्ज भित्री बस्त्रमा लुकाई छिपाई ढकालले मतदान केन्द्र सम्म पु¥याएका थिए, मतदान गर्नमा बढि समय लागेको र स्वरुपमा अस्वभाविक देखिएपछि खटिएको टोलीले चेकजाँच गर्दा सिरन्ज भेटिएको निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिए ।
मतपेटिकमा हाल्ने प्रयास गरेपनि १–२ थोपा मसी मतपत्रमा परेको हुन सक्छ, अहिले शान्तिपूर्ण रुपमा हल भित्र २ ठाँउमा मतगणना भइरहेको छ, सामानुपतिक र प्रत्यक्ष तर्फको मतगणना भइरहेको खनालले भने ।
पक्राउ परेका ढकाल अखिल क्रान्तीकारीको तर्फबाट अध्यक्ष पदको लागि मनोनयन गरे पनि उम्मेदवारी फिर्ता लिएको नेविसघका सभापति सन्दीप पाण्डेले नागरिक अनलाइलाई बताए । ढकाललाइ जिप्रकाले अहिलेपनि नियन्त्रणमा राखिरहेको नेविसंघ पक्लिहवाका निवर्तमान सभापति सन्देश भण्डारीले बताए ।



