बुटवल । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताउनुभयो ।
मंगलबार योग दिवसका अवसरमा लुम्बिनीमा आायोजित कार्यक्रममा बोल्दै उहाँले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयोे, ‘हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ । छलफलको नतिजा पनि सकारात्मक नै आउने छ भन्ने आशा गरेको छु।’ दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको बताउँदै भारतले त्यही अनुसार काम गरिरहेको उहाँको भनाइ थियो ।



