भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालीकाका मेयर रामकृष्ण खाणले रुपन्देहीलाई पार्टीको राजनितिक खेलमैदान बनाउन नहुनेमा जोड दिएका छन् ।
जिल्लालाई राजनीतिक खेलमैदान हुँदा पार्टी कमजोर हुने र पार्टी कमजोर हुँदा एउटा नेता मात्र नभै पार्टीसगं जोडिएका सवै नेता कार्यकर्ता कमजोर हुने भन्दै उहाँले पार्टीलाई कमजोर नभै बलीयो बनाउन तर्फ सवै लाग्नुु पर्ने बताउनुभयो ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्रनम्वर ३ प्रदेश सभा (क) को प्रथम सम्मेलनको शनिवार भैरहवामा उद्घाटन गर्दै नेता खाणले जिल्ला कार्यसमीती सर्वसम्वत चयन भएको स्मरण गराउदै उहाँले सवै सवैको साझा भएर पार्टीलाई गतिसिल, बलियो र चलायमान बनाउन लाग्नुु पर्नेमा उहाँको जोड थियो ।
‘ब्यक्तिगत रुपमा को कससगं नजिक छ वा कसले कस्लाई नेता मान्छ भन्ने कुरा गौण हो । समग्रमा हामी पार्टीको हितमा लाग्नुु पर्छ । पार्टी कमजोर बनाउने गतिविधि गर्दा सवै कमजोर भइन्छ ,उहाँले भन्नुभयो ।
प्रदेश सभापति सुुरेन्द्रजगं थापाको सभापतित्व, उपसभापति गोविन्द पसाद बस्यालको स्वागत, सचिव यमबहादुर थापाको सचांलनमा भएको कार्यक्रममा क्षेत्रीय सभापति शुुसिल गुुरुङ्ग, प्रदेश सभा सदस्य देवि प्रशाद चौधरी, सिद्धार्थ नगरपालीकाका मेयर ईस्तियाक अहमद खान, प्रदेस उपसभापति बिरेन्द्र श्रीवास्तव, सिद्धार्थ नगरसभापति कोशिस बहादुर खड्का, नेताहरु लक्ष्मण सुवेदी, रमा अर्याल, महेन्द्र कुमार श्रेष्ठ, मिना भण्डारी, भवानी बेल्बासे, तिलक राम ज्ञवाली, बिजय धवल, दामोदर शर्मा, कविता लामीछाने लगायतले बोल्दै पार्टीलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा एकल प्रतिस्पर्धा गर्न सक्षम बनाउने तर्फ लाग्नुु पर्ने बताउनुभयो ।
कार्यक्रममा सचिव सुधा कुँवरले बार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष दिपक कुँवरले आर्र्थीक प्रतिबेदन पेस गर्नुभएको थियो ।



