भैरहवा । रुपन्देहिको सिद्दार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान दक्षिण कोरियाको सियोलमा हुने स्वस्थ्य शहरहरुको लागी १० औ विस्वब्यापी सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । “राम्रो भविष्यका लागि स्मार्ट र स्वस्थ शहरहरू“ भन्ने मुल नाराका साथ सम्मेलन यहि असोज ९ गते देखि ११ गतेसम्म संचालन हुने छ ।
उक्त सम्मेलनमा जापन, कोरिया, भारत, इजरायल, नेपाल, युक्रेन, श्रीलंका, पाकिस्तान, मेनमार, टोङ्गा, फिलिपिन्स, मलेसिया, पलाउ, इजरायल, कम्बोडिया र युक्रेन लगायतका देसबाट करिव एक हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने छ ।
सियोल मेट्रोपोलिटन सरकार र पश्चिमी प्रशान्त क्षेत्रमा स्वस्थ शहरहरूको लागि गठबन्धन द्वारा सह–आयोजित उक्त सम्मेलनमा स्मार्ट, दिगो र स्वस्थ शहर निर्माणका लागि रणनीतिहरू बनाउने, उत्कृष्ट अभ्यासहरू आदान प्रधान गर्ने कार्यक्रम रहेको नगर प्रमुख खानले जानकारी दिनुभयो ।
धेरै मुलुकका नगर प्रमुख एबम नेतृत्वका बिच हुने यो सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाइ यहाँको जलवायु परिवर्तनको समस्या, स्वास्थ्य क्षेत्रमा भैरहेका सकारात्मक अभ्यास एबम दिगो नगर विकासका लागि भएका अनुभवहरु राख्ने र अरु मुलुकमा भएका सकारात्मक पहल सिक्नकोलागी सम्मेलन महत्त्वपूर्ण हुने समेत उहाँले बताउनु भयो ।



