बुटवल । बुटवल ५ मा रहेको सद्धार्थ गौतमबुद्ध क्याम्पसमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ को परिक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण भएका सबै त्यस्तै गरी एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री र एमबिएस दोस्रो सेमेष्टरमा नेपाल तृतीय हुने रिता श्रेष्ठसहित उत्तिर्ण बिद्यार्थीहरुलाइ टीका,खादा र मायाको चिनोले सम्मान गरिएको छ ।
क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष निर्मल लाकौलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बिष्णुप्रसाद राना,सहायक क्याम्पस प्रमुखद्वय रमेश पाण्डे,मनोज सापकोटा, बिभागिय प्रमुखहरु टीकाराम घिमिरे,रामनाथ उपाध्याय,कृष्णप्रसाद खनाल,एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री लगायतले बोल्दै यस क्षेत्रकै नमुना क्याम्पसलाइ शैक्षिक क्षेत्रमा सधै अब्बल बनाउन सबै लाग्नुपर्ने बताएका थिए । सो अबसरमा बोल्दै अध्यक्ष लाकौलले बिद्यार्थीको उच्च शिक्षाको थप सफलताको शुभकामना दिदै सबैका लागि शिक्षा दिन सक्ने क्याम्पस रोज्नुपर्ने धारणा राख्नुभयो ।
क्याम्पस प्रमुख बिष्णुप्रसाद रानाले सबैको योगदानका कारण अहिलेको नतिजा आएको स्मरण गर्नुभयो । सहायक क्याम्पस प्रमुख रमेश पाण्डेले गुणस्तरीय शिक्षाकै कारण अहिलेको बजारमा क्याम्पसका पूर्व बिद्यार्थीहरुले बिभिन्न क्षेत्रको नेतृत्व गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्नातकोत्तर तहमा अध्यापन गराउने प्राध्यापकहरूलाइ समेत टीका खादाले सम्मान गरिएको थियो । बि स २०४८ सालमा स्थापित क्याम्पसमा कक्षा ११–१२,स्नातक तथा स्नातकोत्तर तहमा ब्यबस्थापन,शिक्षा र मानविकी संकायमा अध्ययन–अध्यापन हुदै आएको छ । क्याम्पसमा स्नातकतहमा नयाँ भर्ना हुनेका लागि बिभिन्न शुल्कमा छुटबारेमा जानकारी समेत समारोहमा जानकारी दिइएको छ ।



