बुटवल । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ बुटवल ईकाइमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार बुटवलमा भएको कार्यक्रममा बुटवल ईकाइले नयाँ सदस्यलाई आफ्नो पेशा र सस्थाको बिषयमा एक दिने अभिमुखिकरण दिइएको थियो ।
कार्यक्रममा बुटवल इकाइका पुर्व अध्यक्ष विष्णु प्रसाद ढकाल र सदस्य विशाल पाण्डेयद्वारा हाम्रो पेशा र सस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नयाँ सदस्यहरुलाई काम गर्दा आफ्नो काम प्रति सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन यस अभिमुखिकरण तालिमले सहयोग गर्ने इकाईका अध्यक्ष राजबन्धु लामिछानेले बताउनुभयो ।
कार्यक्रममा गिरि प्रसाद पुन , केन्द्रिय सदस्य श्री रन्जन गुप्ता , केन्द्रिय पार्षद ,रबिन बस्याल ,निवर्तमान अध्यक्ष भैरव दत्त पन्त , सल्लाहकारहरु राज सिंह गान्धी , कमल थापा मगर , विबेक भुजेल , एकादेव बस्याल लगायतले अभिमुखिकरण तालिमले नयाँ सदस्यहरुलाई कामप्रति उत्तरदायित्व बढाएको बताउनुभयो ।
इकाईका अध्यक्ष श्री राजबन्धु लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष वसन्त पोखरेलको स्वागत र सचिव हुमनाथ पाण्डे ( अर्जुन) को संचालनमा भएको थियो ।



