बुटवल । भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ ।
नगरपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकबाट नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायत कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग पठाएका हुन् ।
यसका साथै भुकम्प प्रभावितहरुलाई उद्धारमा सहजहोस भनेर तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले प्रयोग गर्दै आएको द्यब्ब् ण् ढटण् नम्मरको स्कारपियो जिप समेत र तिलोत्तमा नगरपालिकाको एम्वुलेन्स समेत त्यस क्षेत्रमा पठाईएको छ।
शुक्रबार मध्यरातमा गएको भूकम्पले नराम्ररी क्षति पु¥याएको २ जिल्लाका लागि पालिकाको विपद् कोषबाट ५ लाख जाजरकोट र ५ लाख रुकुम पश्चिमलाई हुनेगरी बजेट पठाएको नगर प्रमुख खाँणले बताउनुभयो ।
उहाँले आफू जान नसके पनि उद्धार कार्यका लागि पालिकाका स्वास्थ्य प्रमुखसहितको टोलीलाई पठाएको बताउनुभयो ।
बिपतको देशका हरेक स्थानीय तह, जनप्रतिनिधिले क्षतिग्रस्त क्षेत्रका नागरिकलाई सान्त्वना दिन र उपचार गरी उद्धार गर्न आवश्यक रहेको छ ।



