छत्रकोट–२ पल्लीकोट गुल्मीका व्यवसायी टोप बहादुर रजालीको निधन भएको छ । पल्लीकोटका व्यवसायी रजालीको गएराती निधन भएको उहांका जेठा छोरा राजु रजालीले जानकारी गराउनुभयो ।
मृगौलामा समस्या देखिएर असार देखि बुटवलमा डायलायसिस गराउदै आउनु भएको रजालीको मंगलबार उच्च रक्तचापले बाया शरिरमा असर गरेको थियो । उहांका एक श्रीमती र तीन भाइ छोरा हुनुहुन्छ । उहांको आजै रिडीमा अन्तिम संस्कार गरिने बताइएको छ ।



