बुटवल । स्याङजा जिल्लामा पुख्र्यौली घर भई रुपन्देहीमा बसोबास गर्दै आएका पत्रकारहरुको भेलाले स्याङजा पत्रकार समाज रुपन्देही गठन गरेको छ।रुपन्देहीमा रहेर क्रियाशिल पत्रकारीता गर्दै आएका पत्रकारहरुको आज बुटवलमा भएको भेलाले स्याङजा पत्रकार समाज रुपन्देही गठन गरेको हो।
भेलाले बरिष्ठ पत्रकार डा. बालकृष्ण चापाईगाईको अध्यक्षतामा उपाध्यक्ष दिनेश पाण्डे र डिल्लीनारायण पाण्डे महासचिवमा प्रकाश डुम्रे, सचिवमा दिनेश श्रेष्ठ र कमला पाण्डे ,कोषाध्यक्ष खेमानन्द पाठक रहेका छन्।
त्यसैगरी सदस्यहरुमा शिव डुम्रे, ललित पाण्डे, कल्पना तिवारी, कपिल अधिकारी सदस्य रहेका छन्। समाजले यहि चैत ३० गते तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटिकामा बृहद बनभोज आयोजना सहित बृहद भेला गर्ने समेत निर्णय गरेको समाजका अध्यक्ष बालकृष्ण चापागाईले बताए।
उनले चैत ३० गते स्याङजाबाट रुपन्देही आएर पत्रकारीता पेशामा सम्लग्न सबै पत्रकारहरुलाई उक्त बनभोग कार्यक्रम सहितको भेलामा सहभागी हुन आब्हान गरेका छन्। स्याङजा पत्रकार समाज रुपन्देहीले आगामी दिनमा स्याङजा जिल्लाको पर्यटकीय, धार्मीक सांस्कृतीक क्षेत्रहरुको प्रचार प्रसार र प्रवद्र्धनमा सहयोग गर्ने तथा स्याङजा र रुपन्देही बिचको सम्वन्धलाई थप गतिशिल बनाई जोडने काममा भुमिका निर्वाह गर्ने चापागाईले बताए।



