गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिवद्ध रहेको बताएका छन् । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी बुटवलमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा वैठकको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका हुन् । बर्तमान ब्यबस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमाल्याउन सरकारले पहल गरीरहेको बताएका छन् । उनले असन्तुष्ट्रि जाहेर गर्ने अधिकार सवै नागरीक र दलहरुलाई भएपनि निर्वाचन विथोल्ने अधिकार भने कसैलाई नभएको उनले बताए
कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेताचुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतीमा आउन समेत आग्रह गरेका छन् । । ‘हामी मिल्ने सम्म लचक भएर असन्तुुष्ट्र दलहरुसगं सम्वाद र छलफल गरीरहेका छौ । उनले भने – कतिपय मागहरु ऐन संसोधन बिना सम्वोधन गर्न सकीदैन । सरकारले ऐन तर्जुमा गरेर भएपनि जायज माग सम्वोधन गरी असन्तुुष्ट्र समूहलाई मुलधारमा ल्याउने प्रयत्न गरीरहेको छ ।’ गृहमन्त्री खाणले यो कुनै दलवा नेतालाई जिताउने र हराउने निर्वाचनमात्रै नभएर प्राप्तअधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि उल्लेख गरे । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेताजिताउने र उनीहरुको माध्ययमबाट प्राप्तअधिकार संरक्षण गर्ने, विकासको ढोकाखोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दलवा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’
गृहमन्त्री खाणले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहीतनिर्वाचन गराउन प्रतिवद्ध भएको बताउदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह समेत गरेका छन् । ‘सबै नागरिक सुरक्षीत होउन् । ढुक्कसंग मतदानस्थल सम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने,‘त्यसकालागि सुरक्षाव् यवस्थापनमा कुनै कसर बाकी नराख्नु ।’ गृहमन्त्रालय र आन्तरीक मामिला, कानुन तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षागोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ससस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् ।



