भैरहवा । जनता समाजवादी पार्टीका रुपन्देही जिल्ला कोषाध्यक्ष श्यामबहादुर चौधरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विहिबार शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा आयोजित कार्यक्रममा चौधरी कांग्रेस प्रवेश गरेका हुन् । नेपाल सरकारका गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले चौधरीलाई कार्यक्रममा पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।
गृहमन्त्री खाणले पार्टी प्रवेश गरेका चौधरीलाई उपयुक्त जिम्मेवारी दिइने बताए । चौधरीले काँग्रेसको नीति, सिद्धान्त र पार्टीले उठाएका एजेन्डा मन परेर कांग्रेस प्रवेश गरेको बताए ।



