काठमाडौं । सरकारले मंसिर ४ मा हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा मतदानस्थल रहेका विद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्मसार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मंसिरमा बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ । निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो ।
गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।



