नवलपरासी– पश्चिम नवलपरासी क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्यमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता बिश्वप्रेम पाठक विजयी भएका छन् ।
प्रदेशसभा निर्वाचित पाठकले १५ हजार ४३६ मत ल्याए । उनका निकटतम प्रतिष्पर्धी तीन दलीय गठबन्धनका उम्मेदवार एमालेका पुण्यप्रसाद उपाध्याय पौडेलले १३ हजार ३१६ मत ल्याएका छन् । पराजित उपाध्यायलाई २ हजार १२० मतले पछी पादै बिजयी बनेका हुन् । ४९ वर्षका पाठक बर्दाघाटबाट २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा पराजित बनेका थिए । पाठक नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य समेत हुन् ।



