भैरहवा । आगामी शुक्रवार देखी भैरहवामा सुरु हुने ८औंलुम्बिनी राष्ट्रिय महोत्सवमा कृषि क्षेत्रलाई विशेष महत्व दिइएको छ । कृषि उत्पादनलाई एकैथलोमा राखेर प्रबद्र्धन गर्ने उद्देश्यले प्राथमिकतामा राखिएको महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ ।
कृषि क्षेत्रलाई महोत्सवको सुरुवाती समयदेखि नै प्राथमिकता दिँदै आएको र निरन्तर रुपमा प्रत्येक महोत्सवमा कृषिको प्रवद्र्धन गरिँदै आएको संघले बताएको छ । ‘हाम्रो मुलुक कृषिप्रधान देश हो, कृषिको विकास र प्रबद्र्धन एवं विस्तार गर्न सकियो भने यसले किसानलाई आत्मनिर्भर बनाउँछ नै, बढ्दो आयातलाई प्रतिस्थापनगर्न सहयोग समेत पुग्छ’, मेला मूलआयोजक समिति संयोजक एवं संघका अध्यक्ष भीष्म प्रसादन् यौपानेले भने, ‘यसैले हामीले महोत्सवमा कृषिका स्टल र उत्पादनहरुलाई विशेष प्राथमिकतामा राखेका छौं ।’
रुपन्देही कृषि क्षेत्रका लागि उर्भर भूमि हो । यहाँ परम्परागत कृषिसँगै व्यवसायिक र प्रविधियुक्त कृषि प्रणालीले पनि फड्को मारिरहेको छ । महोत्सवको माध्यमबाट कृषिको थप प्रवद्र्धनकालागि बिशेष स्थान दिइएको न्यौपानेले बताए । आयोजकले कृषिलाई प्राथमिकता दिँदै कृषि स्टल ब्यवस्थापन समिति बनाएको छ । संघका कार्यकारिणी सदस्यअर्जुन कार्कीलाई संयोजकको जिम्मेवारी दिएर कृषिका अधिक स्टल राख्ने प्रयास गरिएको छ ।
संयोजक कार्कीका अनुसार महोत्सवमा कृषिका १० वटा स्टल रहनेछन् । त्यहाँ माछापोखरी पनिनिर्माण गरिएको छ । यहाँ माछा खरिदबिक्रीका साथै माछाका थरिथरिका परिकारहरुको पनि स्वाद लिन पाइनेछन् । त्यसैगरी अग्र्यानिक गेडागुडी, तरकारी, च्याउ, केराका परिकार, बिभिन्न कृषिउपजहरु, फलफूल समेत स्टलमा हुनेछन् । त्यसैगरी कृषि सूचना केन्द्रको स्टल समेत रहने छ भने कृषि क्षेत्रलाई जोडेर बृहतअन्तरक्रिया समेत आयोजना हुने छ ।
‘यस क्षेत्रमा कृषिका गतिबिधिलाई कसरी अघि बढाउन सकिन्छ र कृषिबाटै समृद्धि सम्भब छ भन्ने बिषयमा बहस समेत हुने छ’, संयोजक कार्कीले भने । कृषि स्टलमा आफ्ना कृषि उपज तथा उत्पादनहरु राख्न चाहनेकालागि बिशेष छुटको व्यवस्थागरिएको आयोजकले जनाएका छन् । ‘मेलाले कृषि क्षत्रेको प्रबद्र्धन मात्रै गर्न ेछैन, यसबाट व्यवसायिक कृषिगर्न चाहनेलाई प्रेरणा मिल्ने छ, ज्ञानका कुरा सिक्ने अवसर हुनेछ’, संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने ।
मेलामा रुपन्देहीका कृषि उत्पादन सँगै पहाडी र हिमाली जिल्लाहरुको उत्पादन पनि राखिने छ । मुस्ताङका स्याउ, आलु लगायतका कृषिउपज, जुम्लाको सिमी, चामल र अन्य फलफूल पनि राखिने छ । यस्तै, पहाडी जिल्लाका सुन्ताला, खुर्सानी, च्याउ, सिमी लगायत राखिने छ । ‘मेलामा मुलकभर उत्पादन हुने कृषि उपजहरु खरिद गर्न पाइने छ’, संयोजक कार्की भन्छन्, ‘एकै ठाउँमा धेरै सामान खरिद गर्न पाउँदा दर्शकहरु लालायित हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’
संघको आयोजनामा यही मंसिर २३ गते देखि पुस ४ गतेसम्म सिद्धार्थनगर वडानम्बर–८ स्थित अञ्चलपुरमा लुम्बिनी महोत्सव आयोजना हुँदैछ । महोत्सवमा कृषिसँगै घरेलु एवं हस्तकलाका उत्पादन, खाद्य, तयारी पोषाक, छाला जुत्ता, फेन्सी जुत्ता, किचन वेयर, अटोमोबाइल, बिद्युतीय सामग्रीहरुका स्टलका साथै बिभिन्नउद्योग तथा पेयपदार्थहरुका प्रबद्र्धनात्मक स्टल समेत रहने छन् । स्टल व्यवस्थापन समितिका संयोजकएवं सिद्धार्थ उद्योग वाणिज्य संघका बाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यले यहाँको आवश्यकता, माग र उपभोक्ताको रोजाई अनुसारका सामग्री महोत्सव स्थलमा राखिने बताए ।



