बुटवल । गणतन्त्र दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा दीप प्रज्वलन गरेको छ । जनताको लामो संघर्ष बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाकालागि दीप प्रज्वलन गरिएको हो । बुटवलको पुष्पलालपार्कमा दीप प्रज्वलन पछि बोल्ने वक्ताहरुले शासन व्यबस्था परिवर्तन भएपनि आम नागरिकको जीवन स्तरमा परिवर्तन हुन नसकेका कारणले जनताले गणतन्त्रको कुनै नयाँ अनुभूति गर्न नपाएको बताएका थिए ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकालले गणतन्त्र दिवसकोे अवसरमा शुभकामना दिदै गणतन्त्र को स्थायीत्वका लागि सुशासन अनिवार्य भएको बताउनु भयो ।
कार्यक्रममा समाजका सल्लाहकार हरिस ढकाल, कृष्ण चौहान ,जिल्ला उपसभापती कपिल ज्ञवाली लगाएतले बोल्दै गणतन्त्र जनताको जीवन संग जोडिनु पर्ने बताउदै यसको उचित सम्बोधन हुन नसक्दा जनतामा निराशा छाएको बताउनु भयो ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण पाण्डेले गर्नुभएको थियो ।



