जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क बिभाग जापान तोहोकु क्षेत्रको आयोजनामा नेपाली महिलाहरुको महान पर्व तीजका अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम गरेको छ । कार्यक्रममा जापान मियागी सेन्दाइ बासी नेपाली चेलिहरुलाइ खुल्ला आवहन तिज बिशेष दर खाने तथा विविध संस्कृतिक गरेको हो ।
कार्यक्रममा महिला दिदीबहिनीहरूले मौलिक संस्कृति झल्किने तीज गीत र नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क बिभाग जापानका सदस्यहरुले एक आपसमा पैसा उठाई करिव ६० जना नेपाली महिलाहरुलाई निशुल्क रुपमा दर खुवाएकको तोहोकु क्षेत्रका उप सभापती सागर पोख्रेलले जानकारी गराउनुभयो ।
परदेशमा रहेका छोरीचेलीलाई तिजमा माईतीको नियास्रो मेटाउन दर खाने कार्यक्रम आयोजना गरिएको सभापति प्रकाश खतिवडाले जानकारी दिनुभयो ।



