भैरहवा । मदिरा उद्योगलाई राज्यले हेर्ने दृष्ट्रिकोण परिबर्तन गर्नुु पर्नेमा सम्बद्ध कर्मचारीहरुले जोड दिएका छन् । ‘सरकारी राजश्व संकलनमा मदिरा उद्योगको भुमीका महत्वपुर्ण छ । यसबाहेक प्रत्यक्ष र परोक्षरुपमा ठुलो सङख्यामा रोजगारी सिर्जनमा पनि मदिरा उद्योगको योगदान महत्वपुर्ण छ, अन्तशुल्क ईकाई प्रतिनिधी सघं लुम्बिनीका अध्यक्ष बासुुदेव पाण्डेले राज्यले जहीले पनि मदिार उद्योगलाई राजश्व संकलनको माध्यमले मात्र हेरेको बताए ।
राजश्व शंकलनको नजरले मात्र हेर्दा उद्योगीले बिभीन्न समस्या खेप्नुु परेको र त्यसको असर त्यहाँ कार्यरत कर्मचारीमा समेत पर्ने उनले बताए । करोडौको लगानीमा खुलेका मदिरा उद्योगमा सयौले रोजगारी पाएको र सरकारले सामन्य कारणमा समेत उद्योग बन्द गराउदा मजदुुर तथा कर्मचारीको रोजीरोटी गुम्ने गरेको उनले बताए ।
खासगरी अन्तशुल्कको बिषयमा उद्योगीले अनाबश्यक हैरानी बेहोरीनुु परेको उनको भनाई थियो । सामान्य बिषयमा समेत अनुुसन्धानको बहानामा पुर्णरुपमा उद्योग बन्द गराईदा उद्योगीले श्रमीक तथा कर्मचारी हटाउनुु पर्ने बाध्यता आईलाग्ने र त्यसको असर मजदुर तथा उसको घर परिवारमा पर्ने हुँदा यस्ता बिषयमा सरकार गभींर हुनुु पर्ने माग उनको छ । त्यस्तै सघंका सचिव कमल ज्ञवालीले उद्योगमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा उद्योग संचालनको अवस्थामा भर पर्ने हुँदा कतीपय नितीगत झन्झट र समस्याहरु सरकारले सुधार गर्नुु पर्ने बताए ।
उनले सवै उद्योगलाई एउटै डालोमा राखेर हेर्न नहुने बताए । अन्तशुल्क ईकाई प्रतिनिधी सघं मदिरा उद्योगमा कार्यरत अन्तशुल्क हेर्ने कर्मचारीहरुको संस्था हो । कर्मचारीहरुको हक हित र उद्योगीका समस्या सहजीकरण गर्ने उदेश्यले यो संस्था स्थापना गरीएको सचिव ज्ञवालीले बताए । संस्थामा लुम्बिनी प्रदेशका मदिरा उद्योगमा कार्यरत अन्तशुल्क हेर्ने कर्मचारीहरु आवद्ध छन् । कर्मचारी र उद्योगीको हकहितको बिषयमा संस्थाले बिभीन्न कार्यक्रमहरु गर्दै आएको उपाध्यक्ष ऋषी भुुर्तेलले जानकारी दिए ।



