बुटवल । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ बुटवल इकाईको शनिवार सम्पन्न १७औ अधिवेशनमा राजबन्धु लामिछाने निर्वाचित हुनुभएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष , सह–सचिव र कोषध्यक्ष पदमा चुनाव भएको थियो भने बाँकी पदमा निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचन समितिका संयोजक धुव्र गोराथोकीले दिएको जानकारी अनुसार अध्यक्ष लामिछाने ३५ मतान्तरले आफ्ना निकटतम प्रतिद्धन्दी प्रभाकर प्रसाद शाहलाई पराजित गरेका हुन् । लामिछाने १२६ मत प्राप्त गरेका थिए भने प्रभाकर प्रसाद शाहले ९१ मत प्राप्त गरेका थिए ।
नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा बसन्त पोखरेल, उपाध्यक्षमा ज्ञानेन्द्र बन्जाडे,सह–सचिवमा आकाश पौडेल र निर्मल ड्म्रे , कोषाध्यक्षमा प्रशान्त श्रीवास्तव विजयी भएका छन् । सचिव पदमा हुमनाथ पाण्डे र सहकोषाध्यक्षमा कुसुम धामिमगर निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा सुजितकुमार सिंह, श्याम चापागाई,मदन मरासिनी,थानेश्वर बस्याल र सोनिका विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले बुटवललाई स्वास्थ्यको हव बनाउनमा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघको पनि भुमिका रहेको बताउनुभयो । उहाँले गाउघरमा स्वास्थ्य क्षेत्रको पहँुच भन्दा टाडा रहेका मानिसलाई समेत समेट्दै यस संघ अगाडी बढेको बताउनु भयो । साथै यस संघमा आवद्ध सदस्यले आफुले मार्केटिङ गरेको कम्पनिलाई समेत गुणस्तरीय औषधी उत्पादन गर्न सल्लाह सुझाव दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव जनार्दन पन्थीलेऔषधी विक्रि वितरणको क्रममा देखिएको समस्यालाइ सरोकारवाला निकायबाट सम्बोधन गराउँन पहलकदमी लिने बताउनु भयो । संघको बुटवलको इकाई अध्यक्ष भैरव दत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रम हुमनाथ पाण्डेको सञ्चालन र राजबन्धु लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।



