रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) प्रदेश सभा सदस्य पदमा उम्मेदवार वामदेव क्षेत्री (घिमिरे) ले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गरेका छन् ।
आज (विहिबार) संयुक्त गठबन्धन दलका युवाहरुको भेलालाई संबोधन गर्दै बामदेव क्षेत्रीले चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मंसिर ४ पश्चात स्थानिय तह केन्द्र र प्रदेश तिनै तहमा गठबन्धनकाे सरकार बन्छ र जनताकाे सपना साकार पार्न प्रतिवद्ध रहेको बताए । उनले गठबन्धनको सरकारले मात्र मुलुकलाई निकास दिने जिकीर समेत गरे ।
क्षेत्रीले गठबन्धन अहिले समृद्धिको यात्रामा रहेको बताए । उनले भने जब सम्म स्वास्थ्य शिक्षा र युवा रोजगारको सुनिश्चितता हुदैन तव सम्म हामी समृद्धि र समाजबादको कल्पना गर्न सक्दैनौ । यसको लागि युवाहरुको साथ र आवश्यकता महत्वपुर्ण रहेको बताए । बृहत शान्ति सम्झौताको पुरानो ईतिहासलाई स्मरण गर्दै शान्ति सम्झौता प्रक्रियामा जाँदा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला सँग माओवादी केन्द्रका प्रचण्ड र बाबुरामलाई भेट गराउने अर्थात दिल्लीमा बृहत शान्ति सम्झौता प्रक्रिया अगाडि बढाउन मुख्य पहलकदमी गर्ने मुख्य आफु भएको बताउदै त्यसकारण पुरानो इतिहासलाई सम्झेर इतिहास साक्षि राखेर सबै दलमा गठबन्धन मजबुत हुन आवश्यक छ, सबै ईमानदारिता पुर्वक दत्तचित्त भएर मतदान गरे गठबन्धनको जित निश्चित रहेको उनले दाबी गरे।
उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्र जोगाउन र गठबन्धनलाई अझै बलियो बनाएर लैजानुपर्ने बताउदैँ गठबन्धनलाई कमजोर बनाउने प्रयास अझै पनि भइरहेकाले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नको लागी पनि गठबन्धन आवश्यक रहनु पर्ने बताए ।



