बुटवल । पालिकाहरुको दिगो आर्थिक बिकास गराउने उदेश्यले रुपन्देहीमा लुम्बिनी प्रदेश स्तरीय आर्थीक बिकास सम्वन्धी सम्बाद सुुरु गरिएको छ । स्थानिय तहको आवश्यकता, आर्थिक विकासका सम्भावना र बिभिन्न कार्यबिधिमा आधारित रहेर सम्बाद सुुरु गरिएको हो ।
सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना, जिआईजेट तथा एलपिआईडीको प्राविधीक सहयोगमा लुम्बिनीमा आयोजित दुुईदिने सम्वादमा लुम्बिनि प्रदेशका २० बटा स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतको सहभागिता रहेको छ । आईतवारदेखी सुुरु भएको पहिलो सत्रमा रुपन्देहीका उद्योगीब्यसायी सगं पनि आर्थीक बिकास सग सम्बन्धित बिषयमा अनुुभव आदानप्रदान गरिएको मन्त्रालयका उपसचिव एवं कार्यक्रम सयोंजक राजेश गौतमले जानकारी दिए ।
छलफलमा भाग लिदै लुुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदीले एक अर्का पालिकाले आर्थिक बिकासमा गरेको अभ्यासलाई आदानप्रदान गरी स्थानीय स्रोत साधानको अधिकतम उपयोग गर्दै आर्थीक बृद्धीमा लाग्नुु तर्फ लाग्नुु पर्नेमा जोड दिए । उनले स्थानीय तह बलियो भए त्यसको प्रत्यक्ष फाईदा स्थानिय नागरिकले लिन पाउने भएकाले सवैको सहकार्यमा स्रोत बृद्धीमा लाग्नुु पर्ने बताए ।
उनले सरकार, निजी क्षेत्र र समुदाय बिचको सहकार्यले नै स्थानीय रुपमा आर्थिक गतिबिधी बढाउन सकिने बताए । लुम्बिनी सांस्कृतीक नगरपालीकाका प्रमुख सजरुद्धिन मुसलमानले हरेक पालिकाले आआफ्नो क्षेत्रमा रहेका स्थानीय उत्पादन र पर्यटकीय स्थलहरुलाई प्रबद्र्धन गरेर त्यसबाट लाभ लिनुपर्ने बताए । पर्यटन व्यवसायी लीलामणि पौडेलले स्थानीयतहहरुमा धेरै सम्भावना हुँदा समेत त्यसको सही सदुपयोग नहुँदाआर्थिक विकासका क्षेत्रले फड्को मार्न नसकेको बताए ।



