बुटवल । स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरमा पराजित गर्दै गुरुङ विजयी भएका हुन् ।
गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरे । अर्यालले २५ हजार ८ ३९ मत ल्याउन सफल भइन् । यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार ११३ मत ल्याएका छन् ।
गण्डकी प्रदेशसभा २ क तर्फ कांग्रेसका अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् । एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए ।
२ ख तर्फ कांग्रेसका भट्टराईले १८ हजार ८०८ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरे । एमालेका श्रेष्ठले १६ हजार ९९९ मत ल्याएका हुन् । योसँगै कांग्रेसले गण्डकी प्रदेशबाट प्रतिनिधिसभातर्फ १० सिट जितेको छ भने प्रदेशसभा तर्फ १८ सिट जितेको छ ।



